‘विभाजन रेखा’ अब युट्युबमा

हिमाल प्रेस १ साउन २०८० १८:३४ | Monday, July 17, 2023
‘विभाजन रेखा’ अब युट्युबमा

काठमाडौँ- राजनीतिक विश्लेषक मुमाराम खनालको स्तम्भ ‘विभाजन रेखा’ अब युट्युबमा आउने भएको छ।

खनालले सोमबार विभाजन रेखाको प्रारूप सार्वजनिक गरेका हुन्। विभाजन रेखा अबदेखि हरेक सोमबार ‘मुमाराम खनाल’ युट्युब च्यानलमा आउने छ।

कार्यक्रममा समाज, राजनीति, अर्थनीति, संस्कृतिजस्ता विषयको उठान, विरोधाभासको पहिचान र समाधानको उपायबारे चर्चा गरिने खनालले बताएका छन्।

खनालले यसअघि विभिन्न पत्रपत्रिका, अनलाइन लगायतमा ‘विभाजन रेखा’ स्तम्भमार्फत टिप्पणी लेख्दै आएका थिए।

प्रकाशित: १ साउन २०८० १८:३४ | Monday, July 17, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast