काठमाडौँका शिक्षकले अब मासिक तलब पाउने

हिमाल प्रेस १ साउन २०८० १८:०९ | Monday, July 17, 2023
काठमाडौँका शिक्षकले अब मासिक तलब पाउने

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले महानगरपालिकाभित्रका विद्यालयका शिक्षकलाई मासिक रुपमै तलब उपलब्ध गराउने भएको छ। महानगरपालिकाकी उपमेयर सुनिता डंगोलका अनुसार स्रोत भर्ना कोषमार्फत सामुदायिक विद्यालयका शिक्षकहरूलाई मासिक रुपमा नै तलब उपलब्ध गराउने व्यवस्था गरिएको बताइन्।

सामुदायिक विद्यालयका शिक्षकहरुले त्रैमासिक रुपमा तलव पाउने व्यवस्था संघीय सरकारले गरेको छ। तर काठमाडौँ महानगरपालिकाले भने स्रोत भर्ना कोषमार्फत् उनीहरूलाई मासिक रुपमै तलब लिने व्यवस्था गरेको हो।

‘यो वर्षभित्रबाट काठमाडौँ महानगरपालिका भित्रका सामुदायिक विद्यालयका शिक्षकहरूले पनि मासिक रुपमै तलब पाउने व्यवस्था हामीले गरेका छौँ,’ उनले भनिन्।

प्रकाशित: १ साउन २०८० १८:०९ | Monday, July 17, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast