काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीले अवरोध गरेपछि आइतबार संघीय प्रतिनिधिसभाको बैठक स्थगित भएको छ। प्रतिनिधिसभामा पेस भएको केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयकमा छलफल भइरहेका बेला रास्वपाका सांसदहरूले विरोध गरेका थिए।
रास्वपा सांसदको विरोधपछि सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि स्थगित भएको घोषणा गरेका हुन्। रास्वपा सांसदहरूले उक्त विधेयकमा छलफल र पारित प्रक्रिया नियमसम्मत नभएको दाबी गरेका थिए।
तर सभामुख घिमिरेले विधेयकमाथिको छलफल प्रक्रिया कानुनसम्मत रहेको भन्दै प्रतिनिधिसभाको नियमावलीका बुँदा पनि पढेर सुनाएका थिए। त्यति गर्दा पनि रास्वपा सांसदहरूले उठेर विरोध जनाइरहेपछि बैठक स्थगित गरिएको हो।
 
 
 
  
 
 
 
                            प्रकाशित: ३१ असार  २०८० १६:३८ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    

                                             
                                             
                                             
                                             
                                             

