काठमाडौँ- अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेट भएको छ। शुक्रबार बिहान काठमाडौँ आइपुगेका अमेरिकी सहायक विदेशमन्त्री लुले दिउँसो देउवासँग भेट गरेका हुन्। लुसँगको भेटवार्ता फलदायी भएको सभापति देउवाले जनाएका छन्।
‘हामीले नेपाल–अमेरिका सम्बन्धलाई थप मजबुत बनाउने विषयमा रचनात्मक छलफल गर्यौँ,’ सभापति देउवाले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्। नेपालमा शान्ति, लोकतन्त्र र विकासको प्रवर्द्धन गर्न प्राप्त अमेरिकी सरकार र लुको सहयोगकाप्रति उनले आभार प्रकट गरेका छन्।
प्रकाशित: २९ असार २०८० १६:३७ | Friday, July 14, 2023
प्रतिक्रिया



