राष्ट्रियसभा बैठकमा मंगलबार सम्बोधन गर्दै राष्ट्रियसभा सदस्य दिलकुमारी रावल थापा (पार्वती) । तस्बिर : हिमाल प्रेस
काठमाडौँ– राष्ट्रियसभा सदस्य दिलकुमारी रावल थापा (पार्वती) ले सरकारले वडा नै नभएको ठाउँमा बजेट विनियोजन गरेको भन्दै आपत्ति जनाएकी छन्।
राष्ट्रियसभाको मंगलबारको बैठकमा विनियोजित बजेटबारे बोल्दै उनले चितवनको माडी नगरपालिकामा ९ वटा वडा रहेको तर केन्द्र सरकारबाट १० औँ वडामा बजेट विनियोजित गरेको भन्दै आपत्ति जनाएकी हुन्।
उनले भनिन्, ‘चितवनको माडीमा ९ वटा वडा छन् तर १० औँ वडामा संघ सरकारबाट बजेट विनियोजन भएको छ। सिँचाइ मन्त्रालयअन्तर्गत १० लाख बजेट विनियोजन भएको छ। नौ किलोमिटर सडकका लागि भौतिक मन्त्रालयबाट ५ लाख विनियोजित भएको छ।’
देश संघीयतामा गइसकेपछि पनि केन्द्रबाट नै लाखका योजना गइरहेकोप्रति थापाले असन्तुष्टि व्यक्त गरिन्।
प्रकाशित: २६ असार २०८० १३:३०
प्रतिक्रिया



