काठमाडौँ- सम्पर्कविहीन मनाङ एयरको हेलिकप्टरमा पाइलटसहित ६ जना सवार रहेको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले जनाएको छ।
हेलिकप्टरमा पाँच जना यात्रु र एक पाइलट छन्। सम्पर्कविहीन हेलिकप्टरको खोजीका लागि काठमाडौँबाट अल्टिच्युड एयरको हेलिकप्टर प्रस्थान गरेको छ।
नाइन एन–एएमभी कलसाइनको हेलिकप्टर सुर्केबाट काठमाडौँका लागि १०ः०५ मिनेटमा उडेको थियो।
उडेको करिब २० मिनेटमा हेलिकप्टर सम्पर्कविहीन भएको क्यानका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी गराएका छन्।
प्रकाशित: २६ असार २०८० १२:०२ | Tuesday, July 11, 2023
प्रतिक्रिया





