बैतडीमा ४० जना सवार बस दुर्घटना

हिमाल प्रेस २५ असार २०८० १५:०४ | Monday, July 10, 2023
बैतडीमा ४० जना सवार बस दुर्घटना तस्बिर : रेडियाे मेलाैली

काठमाडौँ- बैतडीको मेलौलीमा ४० जना सवार बस दुर्घटनामा परेको छ। बैतडीको पञ्चेश्वर गाउँपालिकाको तिचोरादेखि महेन्द्रनगरका लागि छुटेको लु २ ख २०११ नम्बरको पवनदुत यातायातको बस दिउँसो करिब १ बजे मेलौली नगरपालिका-७ स्वाखानीमा दुर्घटनामा परेको हो।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता योगेश खत्रीले बस सडकबाट करिब ५ सय मिटर तल खसेको जानकारी दिए। उनका अनुसार बसमा सवार ४० जनामध्ये ३९ जना घाइते भएका छन्। एक जना चालककाे अवस्था सामान्य छ।

घाइतेमध्ये १६ जनाको अवस्था गम्भीर रहेको र उनीहरूलाई उपचारका लागि डडेलधुरा अस्पताल पठाइएको प्रहरी निरिक्षक खत्रीले जानकारी दिए।

अन्य घाइतेहरूको मेलौलीस्थित केशरपुर स्वास्थ चौकीमा उपचार भइरहेको उनले बताए। बस अनियन्त्रित भएर दुर्घटनामा परेको खत्रीले हिमाल प्रेसलाई बताए।

प्रकाशित: २५ असार २०८० १५:०४ | Monday, July 10, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast