काठमाडौँ– सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र रूपन्देहीको बुटवलमा रहेका दुई होटलबीच छुट सम्झौतामा हस्ताक्षर भएको छ।
बुटवलको कालिकापथस्थित ड्रिम इन्टरनेसनल होटल तथा योगिकुटीमा रहेको होटल दा फ्लामिङगो प्रालिबीच सम्झौता भएको हो।
सम्झौताअनुसार यी दुई होटलका विभिन्न सेवामा सिटिजन्स बैंकका ग्राहकले १५ प्रतिशत छुट पाउनेछन्।
छुट पाउन ग्राहकले सिटिजन्स बैंकको कार्ड वा मोबाइल बैंकिङको माध्यमबाट भुक्तानी गर्नुपर्नेछ।
प्रकाशित: २५ असार २०८० १२:३९ | Monday, July 10, 2023
प्रतिक्रिया




