महोत्तरी : पानी नपर्दा १० प्रतिशत पनि भएन रोपाइँ

हिमाल प्रेस २५ असार २०८० १०:०४ | Monday, July 10, 2023
महोत्तरी : पानी नपर्दा १० प्रतिशत पनि भएन रोपाइँ फाइल तस्बिर

महोत्तरी- असार महिना सकिन लाग्दा पनि १० प्रतिशत मात्रै रोपाइँ भएको छ।

कृषि ज्ञान केन्द्र महोत्तरीका प्रमुख डा रामचन्द्र यादवका अनुसार यसपालि किसानले समयमै धानको ब्याड (बीउ) राख्न नपाएको र अहिलेसम्म पर्याप्तरूपमा पानी नै नपर्दा धान रोपाइँमा ढिलाइ भएको हो।

उनले गत वर्ष अहिलेसम्मको अवधिमा जिल्लामा ५० प्रतिशतभन्दा बढी रोपाइँ भइसकेकोमा यस वर्ष अहिलेसम्म १० प्रतिशत धान मात्रै रोपाइँ भएको बताए।

महोत्तरीमा धान खेतीयोग्य जग्गा ५० हजार हेक्टर रहेकामा बर्सेनि औसतमा ४५ हजार हेक्टर जग्गामा धान खेती हुँदै आएको छ तर यस वर्ष सो संख्या घट्ने अनुमान गरिइएको छ।

जिल्लामा १२ महिना सिँचाइ पुगेको जग्गा २१ हजार हेक्टर मात्रै रहेको छ र अन्य जग्गामा अहिले पनि आकाशे पानीकै भरमा धान खेती हुँदै आएको केन्द्रले जनाएको छ। किसानलाई चाहिएको बेला पानी परेको वर्षमा धान खेतीमा वृद्धि र समायमा पानी नपर्दा धान खेतीमा ह्रास आउने गरेको कृषि ज्ञान केन्द्रको तथ्यांकले देखाएको छ।

धानखेती प्रवर्द्धन गर्नका लागि पछिल्लो समयमा कृषि ज्ञान केन्द्रले सक्रियता देखाएको कार्यालय प्रमुख डा यादवले बताए।

उनले जिल्लामा धानखेती प्रवद्र्धनका लागि कार्यालयबाट किसानको खेतीमा सिँचाइ पुर्‍याउने उद्देश्यले यसवर्ष १२० स्यालो ट्युवबेल जडान गर्न सम्झौता गरेको, ५० प्रतिशत अनुदानमा कृषियन्त्र वितरण गरेको, बीउ भण्डारण र प्रशोधनको प्रबन्ध मिलाएको र किसानका लागि मिल तथा अन्य आवश्यक कृषि प्रयोजनको सामग्री उपलब्ध गराएको बताए।

प्रकाशित: २५ असार २०८० १०:०४ | Monday, July 10, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast