फाइल तस्बिर
                                            मुग्लिन- नारायणगढ–मुग्लिन सडक फेरि अवरुद्ध भएको छ। शनिबार दिउँसो ४ बजे चितवनको इच्छाकामना–६ कालिखोला पुल नजिक सुक्खा पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको हो।
सडक डिजिभन कार्यालय भरतपुरले मेसिन प्रयोग गरी पहिरो हटाउने काम सुरु गरिएको जानकारी दिएको छ। सडक डिभिजन कार्यालय भरतपुरका सूचना अधिकारी चण्डेश्वर शाहले पहिरो पन्छाउने काम भइरहेको बताउँदै सडक सञ्चालन गर्न समय लाग्ने बताए। रासस
                            प्रकाशित: २३ असार  २०८० १८:२५ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
                                             
                                             
                                             
                                             
                                             

