काठमाडौँ- राष्ट्रियसभा बैठक आज पनि बस्दैछ। संघीय संसद् भवन नयाँ वानेश्वरमा दिउँसो २ः३१ बजेका लागि बैठक बोलाइएको हो।
आजको बैठकमा विनियोजन २०८० विधेयकमाथि मन्त्रालयगत छलफल हुनेछ। मन्त्रालयको विभिन्न शीर्षकमाथि संसद्हरूले आ-आफ्नो धारणा राखिरहेका छन्।
संघीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार आजको बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय र खानेपानी मन्त्रालयमाथि छुटाइएको बजेटमाथि छलफल हुनेछ।
प्रकाशित: २० असार २०८० १०:३०
प्रतिक्रिया