पहिरो खसेर नारायणगढ-मुग्लिन सडक अवरुद्ध

हिमाल प्रेस १५ असार २०८० ९:०६ | Friday, June 30, 2023
पहिरो खसेर नारायणगढ-मुग्लिन सडक अवरुद्ध सांकेतिक तस्बिर

चितवन– पहिरो खसेपछि नारायणगढ-मुग्लिन सडक अवरुद्ध बनेको छ। बिहीबार दिउँसोदेखि बन्द रहेको उक्त सडक अझै खुल्न सकेको छैन। आज बिहानसम्म पनि पहिरो पन्छाउन सकिएको छैन।

चितवनको इच्छाकामना गाउँपालिका-५ स्थित ३ नम्बर पुलमा सुक्खा पहिरो खसेपछि बिहीबार दिउसोदेखि सडक बन्द भएको हो। यसपछि सुक्खा पहिरो खसे क्रम जारी छ।

पहिरो पन्छाउने तयारी गरिए पनि पहिरो खस्ने क्रम जारी रहेकाले बाधा पुगेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक विशाल तामाङले जानकारी दिए। पहिरो झरेर पहाड बनेको र पन्छाउन ६/७ घन्टा लाग्ने उनको भनाइ छ।’

‘दिनभर पहिरो पन्छाए पनि सडक सञ्चालन गर्न सक्ने अवस्था छैन,’ तामाङले भने।

पहिरो झर्ने क्रम नरोकिएपछि बिहीबार राति पन्छाउने काम हुनसकेको थिएन। पहिरो पन्छाउनका लागि डोजर तयारी अवस्थामा राखिएको छ।

सडकमा गाडीको लामो लाइन लागेको छ। सयौं यात्रु समस्यामा छन्। काठमाडौँबाट भरतपुरतर्फ आएका सवारीसाधन मुग्लिन र कुरिनटार क्षेत्रमा रोकिएका छन् भने नारायणगढबाट काठमाडौँ, पोखरातर्फ जाँदै गरेका सवारीसाधन जलबिरे क्षेत्रमा रोकिएका जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

आज यात्रा गर्ने यात्रुलाई वैकल्पिक राजमार्ग प्रयोग गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालयले अनुरोध गरेको छ। बर्खा लागेसँगै नारायणगढ-मुग्लिन सडकखण्डमा पटक-पटक पहिरो जाने र बाटो बन्द हुने गरेको छ।

प्रकाशित: १५ असार २०८० ९:०६ | Friday, June 30, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast