आजको मौसम : लुम्बिनी र सुदूरपश्‍चिमका केही स्थानमा चट्याङसहित वर्षा हुने

हिमाल प्रेस १५ असार २०८० ६:३३ | Friday, June 30, 2023
आजको मौसम : लुम्बिनी र सुदूरपश्‍चिमका केही स्थानमा चट्याङसहित वर्षा हुने फाइल तस्बिर। हिमाल प्रेस

काठमाडौँ– शुक्रबार (आज) कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।

दिउँसो देशभर सामान्यदेखि पूर्णतया बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान तथा बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

हाल देशमा मनसुनी वायुको प्रभाव रहेकाले मौसममा यस्तो बदली देखिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा चट्याङसहि वर्षाको समेत सम्भावना रहेको छ।

गण्डकी र लुम्बिनी प्रदेशका तराईका धेरै तथा बाँकी प्रदेशका तराईका थोरै स्थानमा हावा हुरीको समेत सम्भावना रहेको छ।

राति भने कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थान तथा बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै गण्डकी , लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा चट्याङसहित वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।

यस्तै मधेश, गण्डकी र लुम्बिनी प्रदेशका तराईका अधिकांश तथा बाँकी प्रदेशका तराईका केही स्थानमा हावा हुरीको समेत सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

प्रकाशित: १५ असार २०८० ६:३३ | Friday, June 30, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast