अदालतकी नासुलाई कुट्ने वकिल पक्राउ

हिमाल प्रेस १४ असार २०८० १३:०४ | Thursday, June 29, 2023
अदालतकी नासुलाई कुट्ने वकिल पक्राउ

काठमाडौँ– जिल्ला अदालत ललितपुरमा कर्मचारीमाथि हातपात गर्ने वकिललाई प्रहरीले पक्राउ गरेको छ। बुधबार अपराह्न अदालतकी नायब सुब्बा प्रेमिका तामाङलाई वकिल अमिर लामिछानेले हात पात गरेका थिए।

तारेख दिने क्रममा अधिवक्ता लामिछानेले फाइल खोसेर लगेको र त्यसरी सक्कल फाइल लैजान मिल्दैन भन्दा वकिलले आफूलाई हातपात गरेको तामाङले बताएकी छन्।

वकिलको कुटपिटबाट तामाङको सर्ट च्यातिएको छ भने मुखमा चोट लागेको छ। लामिछानेविरुद्ध नासु तामाङले जाहेरी दिएपछि उनलाई पक्राउ गरिएको हो। ललितपुर प्रहरी प्रमुख एसएसपी सिद्धिविक्रम शाहका अनुसार पक्राउ परेका वकिललाई म्याथ थप गरी कारबाही प्रक्रिया अघि बढाउने तयारी छ।

प्रकाशित: १४ असार २०८० १३:०४ | Thursday, June 29, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast