वामपन्थी नेता घनेन्द्र बस्नेत रहेनन्

हिमाल प्रेस १५ असोज २०८३ ६:२१ | Thursday, October 1, 2026
वामपन्थी नेता घनेन्द्र बस्नेत रहेनन्

काठमाडौँ- नेपालको कम्युनिस्ट आन्दोलनका अग्रणी योद्धा तथा निष्ठावान् नेता घनेन्द्र बस्नेतको उपचारका क्रममा निधन भएको छ।

भक्तपुर क्यान्सर अस्पतालमा उपचाररत बस्नेतको बुधबार साँझ निधन भएको हो। उनी लामो समयदेखि क्यान्सर रोगबाट ग्रसित भई अस्पतालमा उपचार गराइरहेका थिए। उनी पछिल्लो समय नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा आबद्ध थिए। लामो समय एमालेबाट राजनीति गरेका उनी नेकपा एकीकृत समाजवादी हुँदै नेकपामा गएका हुन्।

वि.सं. २००९ साल असोज २५ गते भोजपुरको कुलुङमा जन्मिएका बस्नेत झापा आन्दोलनका अगुवा नेताहरूमध्ये एक थिए। पञ्चायती निरङ्कुशताविरुद्धको आन्दोलन र राजनीतिक संघर्षका क्रममा उनले करिब १७ वर्ष लामो जेलजीवन बिताएका थिए।

 

 

प्रकाशित: १५ असोज २०८३ ६:२१ | Thursday, October 1, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast