मृत्युपछि घनेन्द्रलाई ओलीले सम्झे, भने : कष्टपूर्ण दिनहरू मैले भुलेको छैन

हिमाल प्रेस १५ असोज २०८३ ६:२५ | Thursday, October 1, 2026
मृत्युपछि घनेन्द्रलाई ओलीले सम्झे, भने : कष्टपूर्ण दिनहरू मैले भुलेको छैन

काठमाडौँ-  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा आन्दोलनका योद्धा घनेन्द्र बस्नेतको निधनप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन्। अध्यक्ष ओलीले बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत बस्नेतको निधनको दुःखद खबरले आफूलाई स्तब्ध बनाएको बताएका हुन्।

अध्यक्ष ओलीले नेपालको कम्युनिस्ट तथा लोकतान्त्रिक आन्दोलनमा बस्नेतले पुर्‍याएको योगदान अविस्मरणीय रहेको उल्लेख गरेका छन्। अध्यक्ष ओलीले लामो जेल जीवन र यातनाका अनेकौँ शृङ्खला पार गर्दै बस्नेतलगायतका योद्धाहरूले लोकतान्त्रिक अधिकार प्राप्तिका लागि संघर्ष गरेको स्मरण गरेका छन्। उनले ती कष्टपूर्ण दिनहरू आफूले सम्झिरहेको समेत बताएका छन् ।

‘कमरेड घनेन्द्र बस्नेत हामीबीच नरहनुभएको दुःखद खबर सुनेँ। नेपालको कम्युनिस्ट आन्दोलन र लोकतान्त्रिक आन्दोलनमा उहाँको योगदान अविस्मरणीय छ,’ अध्यक्ष ओलीले फेसबुकमा लेखेका छन्। अध्यक्ष ओलीले बस्नेतप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजन, आफन्त तथा सहयोद्धाहरूप्रति गहिरो समवेदना व्यक्त गरेका छन्।

बस्नेतको संघर्ष र योगदान नेपालको कम्युनिस्ट तथा लोकतान्त्रिक आन्दोलनको इतिहासमा सधैँ सम्मानपूर्वक स्मरण भइरहने ओलीले उल्लेख गरेका छन्।

प्रकाशित: १५ असोज २०८३ ६:२५ | Thursday, October 1, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast