वीरेन्द्रनगरमा लागुऔषधसहित एकजना पक्राउ

हिमाल प्रेस १३ असार २०८० १६:१९ | Wednesday, June 28, 2023
वीरेन्द्रनगरमा लागुऔषधसहित एकजना पक्राउ फाइल तस्बिर।

सुर्खेत- सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३ ऐरिचोकबाट लागुऔषध (ब्राउनसुगर)सहित एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–९ लाटिकोईलिका २५ वर्षीय देबु भण्डारी रहेका छन्।

उनलाई ऐरिचोकमा रहेको आचार्य चिया पसलमा लागुऔषध कारोबार गरिरहेकै अवस्थामा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।

उनको साथमा रहेको लागुऔषद नापतौल गर्दा ६०० मिलिग्राम ब्राउनसुगरजस्तो देखिने खैरो धुलो पदार्थ भेटिएकाे र उक्त पदार्थ बरामद गरिएको प्रहरीकाे भनाइ छ। भण्डारीलाई थप अनुसन्धानक लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतमा राखिएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ।

प्रकाशित: १३ असार २०८० १६:१९ | Wednesday, June 28, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast