विराटनगरको बजेट ३ अर्ब २८ करोड

हिमाल प्रेस १० असार २०८० १७:५९ | Sunday, June 25, 2023
विराटनगरको बजेट ३ अर्ब २८ करोड

इटहरी- विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ३ अर्ब २८ करोड ५० लाख रुपैयाँ बराबरकाे बजेट विनियाेजन गरेकाे छ। विराटनगर महानगर उपप्रमुख शिल्पा निराला कार्कीले वार्षिक नीति तथा कार्यक्रम र बजेट आइतबार नगरसभामा प्रस्तुत गरिन्।

महानगरले चालु खर्चतर्फ १ खर्ब ५९ करोड ८३ लाख २५ हजार रुपैयाँ, पुँजीगततर्फ १ अर्ब ७१ करोड ६६ लाख ७५ हजार अनुमानित बजेट छुट्याएको हाे। महानगरले वित्तीय समानीकरण अनुदानमार्फत संघीय सरकारले ३४ करोड, प्रदेश सरकारले २ करोड ४० लाख ८८ हजार रुपैयाँ उपलब्ध गराउने घाेषणा गरेकाे छ। त्यस्तै राजश्व बाँडफाँड मूल्य अभिवृद्धि कर र अन्तःशुल्कबाट २० करोड ७४ लाख, घरजग्गा रजिस्ट्रेसन दस्तुरमार्फत ५५ करोड, सवारीसाधन करमार्फत ४ करोड ८ लाख ५६ हजार र मनोरञ्जन करबापत ४१ लाख आम्दानी गर्ने अनुमान महानगरपालिकाले गरेकाे छ।

आगामी आर्थिक वर्षको खर्च अनुमान पेस गर्दै महानगरपालिकाले स्रोतहरूको व्यवस्थापन उल्लेख गरेकाे हाे। महानगरले संघीय सरकार अन्तर सरकारी वित्तीय हन्तान्तर मार्फत १ अर्ब १९ करोड २४ लाख, प्रदेश सरकारबाट ४ करोड ५१ लाख ६३ हजार र राजश्व बाँडफाँडबाट ८० करोड २४ लाख ३७ हजार आम्दानी हुने प्रक्ष्येपण गरेकाे छ।

त्यस्तै आन्तरिक आम्दानीबाट ९९ करोड ५० लाख, जनसहभागिताबाट १० करोड, आन्तरिक ऋणबाट १० करोड र अन्य संघसंस्थाबाट ३ करोड र नगद मौज्दातबाट २ करोड रुपैयाँ आय हुने अनुमान गरेको छ।

विराटनगर महानगरपालिकाले स्रोतमा भएको संकुचनको अवस्थालाई मध्यनजर गरेर चालु आर्थिक वर्ष २०७९/८० को भन्दा ८८ करोड ५९ लाख ९८ हजार रुपैयाँ कम  बजेट प्रस्तुत गरेको हो। चालु आर्थिक वर्षमा महानगरको संशोधित बजेट ४ अर्ब १७ करोड ९ लाख ९८ हजार रुपैयाँ छ।

प्रकाशित: १० असार २०८० १७:५९ | Sunday, June 25, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast