देशभर मनसुनी वायुको प्रभाव, यी स्थानमा हुँदै छ भारी वर्षा

हिमाल प्रेस ९ असार २०८० ६:३१ | Saturday, June 24, 2023
देशभर मनसुनी वायुको प्रभाव, यी स्थानमा हुँदै छ भारी वर्षा

काठमाडौँ– शनिबार (आज) देशभर सामान्य बदली रहनेछ। देशभर केही स्थानमा मेघ-गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

हाल देशमा मनसुनी वायुको साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको पनि प्रभाव रहेकाले मौसममा यस्तो बदली देखिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

गण्डकी, लुम्बिनी र सुदूर पश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

मनसुन प्रणाली नेपालभर फैलिएको महाशाखाले जनाएको छ। नेपालभर मनसुन फैलिन आगमनको दिनदेखि यस वर्ष नौ दिनको समय लागेको छ।

मनसुनको समयमा बाढी, पहिरो, डुबान, भू-क्षय हुने हुँदा यस्ता समस्याबाट सजग रहन महाशाखाले सर्वसाधारणमा आग्रह गरेको छ।

प्रकाशित: ९ असार २०८० ६:३१ | Saturday, June 24, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast