‘ओली कम्युनिस्ट सरकार ढालेर दलाल पुँजीवादी कांग्रेसको सरकार बनाउन लाग्दैछन्’

हिमाल प्रेस ८ असार २०८० १९:२९ | Friday, June 23, 2023
‘ओली कम्युनिस्ट सरकार ढालेर दलाल पुँजीवादी कांग्रेसको सरकार बनाउन लाग्दैछन्’ माधवकुमार नेपाल

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कम्युनिस्ट सरकारलाई ढालेर दलाल पुँजीवादी कांग्रेससँग सरकार बनाउन तयारी गरिरहेको बताएका छन्।

शुक्रबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

‍उनले ओलीले नेपाली कांग्रेसलाई प्रभावित पारेर कांग्रेसले नै सरकार चलाओस्, साथ दिन तयार छु जस्ता अभिव्यक्ति दिइरहेको आरोप लगाए।

‘एमालेले समाजवादी शक्तिलाई एकताबद्ध बनाउन चाहेन। अहिले पनि केपी ओलीले नेपाली कांग्रेसलाई प्रभावित पारेर कांग्रेसले नै सरकार चलाओस्, साथ दिन तयार छु भनिरहेका छन्,’ उनले भने, ‘कस्तो विडम्बना, त्यो कम्युनिस्ट पार्टीको चरित्र कस्तो होला? जुन पार्टीका नेताले कम्युनिस्ट पार्टीका अध्यक्ष प्रचण्डको सरकार ढाल्न खोज्दैछन्। दलाल पुँजीवादसँग, उदार पुँजीवाद र उदार समाजवादसँग आफूलाई जोडेका शेरबहादुरलाई अघि बढाउन खोजेका छन्। त्यसका लागि ओलीले अनेक प्रयास गरिरहेका छन्।’

उनले आफ्नो पार्टी नेपालको राजनीतिमा महत्वपूर्ण शक्तिको रुपमा उदाएको दाबीसमेत गरे । एमालेले समाजवादी मोर्चा बनाएकोमा धन्यवाद दिनुपर्ने ठाउँमा आफूहरूले गरेको कदमलाई पनि सहन नसकेको बताएका छन्।  

प्रकाशित: ८ असार २०८० १९:२९ | Friday, June 23, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast