निजगढ विमानस्थलमा साइट क्लियरेन्सको काम चाँडै सक्छौं : प्रधानमन्त्री प्रचण्ड

हिमाल प्रेस ८ असार २०८० १२:४१ | Friday, June 23, 2023
निजगढ विमानस्थलमा साइट क्लियरेन्सको काम चाँडै सक्छौं : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलमा साइट क्लियरेन्सको काम आर्थिक वर्ष ०८०/८१ भित्र गरिसक्ने योजना रहेको बताएका छन्।

शुक्रबार प्रतिनिधिसभामा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन्।

सरकारले राष्ट्रिय गौरवका आयोजनामा बजेट सुनिश्चित गर्ने गरेको बताउँदै उनले यस्ता आयोजनामा बजेट कम हुने अवस्थामा थप बजेट व्यवस्था गर्ने उल्लेख गरे।

राष्ट्रिय गौरवका आयोजना र अन्य प्राथमिकता आयोजनाको जग्गाअधिकरण मुआब्जा तथा क्षतिपूर्ति वितरण गर्ने कार्य सरकारको प्राथमिकतामा रहेको उनले जनाए।

‘सरकारले राष्ट्रिय गौरवका आयोजनाहरूमा बजेट सुनिश्चित गर्ने गरेको छ। राष्ट्रिय गौरवका आयोजनाहरूमा बजेट कम हुने अवस्थामा थप बजेट व्यवस्था गर्ने गरिएको छ। निजगढ अन्तर्राष्ट्रिय विमानस्थल आगामी आर्थिक वर्षमा साइड क्लिेयरेन्स गर्ने कुरामा सरकारको गहिरो ध्यान छ,’ उनले भने, ‘आवश्यक बजेट व्यवस्थासहित सम्बन्धित निकायहरूमार्फत सम्बोधन गरिनेछ।’

रेल सेवा सञ्चालन गर्ने कुरामा सरकार सकारात्मक रहेको पनि उनको भनाइ छ।

प्रकाशित: ८ असार २०८० १२:४१ | Friday, June 23, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast