स्याङ्जाको दरौं खोलामा बन्यो ट्रस ब्रिज

हिमाल प्रेस ३२ जेठ २०८० ७:०२ | Thursday, June 15, 2023
स्याङ्जाको दरौं खोलामा बन्यो ट्रस ब्रिज सांकेतिक तस्बिर।

स्याङ्जा– स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाको सदरमुकाम अर्जुनचौपारी बजारछेउ भएर बग्ने दरौं खोलामा ट्रस ब्रिज निर्माण गरिएको छ। अर्जुनचौपारी- १ र २ लाई जोड्न उक्त पुल निर्माण गरिएको हो।

अर्जुनचौपारी बजारलाई २ भागमा विभाजन गर्दै दरौं खोला बगेको छ। मुख्य बजारको बीच भागमा ३ दशकअघि निर्माण गरिएको झोलुंगे पुल जीर्ण बनेपछि ट्रस ब्रिज निर्माण गरिएको हो। झोलुंगे पुलमा प्रयोग गरिएको काठ कुहिएपछि दुर्घटनाको जोखिम थियो। स-साना बालबालिकालाई विद्यालय जान असहज भएको थियो।

‘पुल जीर्ण बनेपछि आवतजावतमा समस्या भएको थियो,’ अर्जुनचौपारी गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारीले भने, ‘बजारबीचमा रहेकाले लठ्ठा तानेर पुल बनाउन नमिल्ने भएपछि ट्रस ब्रिज डिजाइन गरी पुल निर्माण गरेका हौं।’

संघीय सरकारको २९, गाउँपालिकाको २० र स्थानीयवासीको १ लाख रुपैयाँ लागतमा पुल निर्माण सम्पन्न भएको हो। पुलको लम्बाइ ३२ मिटर रहेको छ।

प्रकाशित: ३२ जेठ २०८० ७:०२ | Thursday, June 15, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast