बाढीले पुल बगाएपछि बेनी-जोमसोम सडक अवरुद्ध

हिमाल प्रेस ३१ जेठ २०८० ७:४९ | Wednesday, June 14, 2023
बाढीले पुल बगाएपछि बेनी-जोमसोम सडक अवरुद्ध फाइल तस्बिर।

बेनी– बाढीले कल्भर्ट बगाएपछि म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङ जिल्लालाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी-जोमसोम सडक अवरुद्ध भएको छ।

सडकअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका-२ भुरुंग तातोपानीमा रहेको कल्भर्ट पुल मंगलबार रातिको बाढीले बगाएको हो। पुल बगाएपछि बेनी-जोमसोम सडकमा सिधा सवारी आवतजावत बन्द भएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारत पुनले जानकारी दिए।

बेनीबाट मुस्ताङ जाने र मुस्ताङबाट बेनीतर्फ आउने सवारीसाधन बीच बाटोमै रोकिएका छन्। जेठ ६ गते रातिको बाढीले भुरुंग-तातोपानीमा रहेको तीन मिटर लामो कल्भर्ट पुल भत्काएको थियो। पुल भत्काएपछि ह्युमपाइप राखेर अस्थायी रूपमा खोला वारपार गर्ने संरचना बनाइएको थियो। पुनः बाढी आएर ह्युमपाइप र वरपरको सडक कटान गरेर बगाएको हो।

छयात्तरु किलोमिटर दूरीको बेनी-जोमसोम सडक कालीगण्डकी करिडोर सडक आयोजनामार्फत स्तरोन्नतिको क्रममा छ। आयोजनाका सुुपरभाइजर इन्द्रसिंह शेरचनले आज बिहानैदेखि डोजर र मजदुर परिचालन गरेर सडक खुलाउने प्रयास भइरहेको बताए।

यसैगरी म्याग्दीको धवलागिरि गाउँपालिका-७ धारापानीमा भिरबाट लडेर मंगलबार १ महिलाको ज्यान गएको छ। धारापानीका २३ वर्षीया सविना विकको घाँस काट्ने क्रममा भिरबाट लडेर मृत्यु भएको वडाध्यक्ष अशोक खत्रीले बताए। बिहान १० बजे बेहोस अवस्थामा उद्धार गरिएकी विकलाई उपचारका लागि अपराह्न पोखराको मणिपाल शिक्षण अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए।

विकको शव पोखराको मणिपाल शिक्षण अस्पतालमा राखिएको छ। विकलाई अस्पतालमा लैजानका लागि स्थानीयवासी र संघसंस्थाबाट चन्दा उठाएर १ लाख ४० हजार भाडा तिर्ने गरी हेलि एभरेष्टको हेलिकोप्टर मगाएका थिए।

प्रकाशित: ३१ जेठ २०८० ७:४९ | Wednesday, June 14, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast