राष्ट्रिय कविता महोत्सवका लागि ८९२ कविता

हिमाल प्रेस ३० जेठ २०८० ५:५८ | Tuesday, June 13, 2023
राष्ट्रिय कविता महोत्सवका लागि ८९२ कविता

काठमाडौँ- राष्ट्रिय कविता महोत्सवका लागि यसपटक आठ सय ९२ कविता प्राप्त भएको छ। नेपाल प्रज्ञा–प्रतिष्ठानले २०२२ सालदेखि प्रत्येक वर्ष असार ९ गते आफ्नो स्थापना दिवसका अवसरमा राष्ट्रिय कविता महोत्सव आयोजना गर्दै आएको छ।

प्रतियोगितामा इमेलबाट आठ सय ४८ र ४४ वटा कविता दर्ता भएको प्रतिष्ठानका कुलपति भूपाल राईले जानकारी दिए। यस पटकदेखि प्राप्त कवितामध्ये उत्कृष्ट १० को छनोट हुनेछ। यसरी छनोटमा परेका उत्कृष्ट १० कविताका कविलाई जनही १५ हजार नगद र प्रमाणपत्र प्रदान गरिनेछ। यसपटकबाट समावेशी सहभागितमूलक सिद्धान्तका आधारमा राष्ट्रिय कविता महोत्सवका लागि कविता आह्वान गरिनुले कविहरूको आकर्षण बढेको दाबी राईले गरे।

‘प्रज्ञा–प्रतिष्ठानको इतिहासमै पहिलोपटक राष्ट्रिय कविता महोत्सवको परम्परागत ढाँचालाई बदलेर समावेशी र सहभागितामूलक बनाएका छौँ। महोत्सवमा सबै नेपाली भाषा/मातृभाषाका कविताहरूलाई आह्वान गरिएकाले यसपटक विगतभन्दा बढी कविले भाग लिएका छन्’, राईले भने, ‘यसपटकको राष्ट्रिय कविता महोत्सव साँच्चिकै राष्ट्रिय र साँच्चिकै महोत्सवका रूपमा सम्पन्न हुन गइरहेको छ। हाम्रो राष्ट्रिय कविता महोत्सवको यस समावेशी ढाँचालाई बहुसङ्ख्यक कविले आत्मसात् गरेर अनुमोदन गरेको कुरा यसले पुष्टि गर्दछ।’

प्रकाशित: ३० जेठ २०८० ५:५८ | Tuesday, June 13, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast