काठमाडौँ- काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले सबैले आफ्नो ठाउँबाट एकजुट भएर देश निर्माणका लागि लाग्नुपर्ने बताएकी छन्। शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा उनले एकताबद्ध भएर सबै मिलेर समाज सेवा गर्ने कुरामा अघि बढ्न जरुरी रहेको बताएकी हुन्।
साथै उनले कलाकृति, संस्कृति बाँचे मात्र देशको पहिचान जीवित रहने बताइन्। पहिचान जीवित राख्न सबै पुस्ता मिलेर काम गर्नुपर्ने उनको भनाइ थियो। उनले काठमाडौँ महानगरपालिकालाई सांस्कृतिक नगरी बनाउने सपनाअनुसार महानगरभित्र रहेका कला, संस्कृतिको प्रवर्द्धन गर्नुपर्ने पनि बताइन्।
प्रकाशित: २७ जेठ २०८० १८:४९ | Saturday, June 10, 2023
प्रतिक्रिया



