काठमाडौँ– बुधबार देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेकाले मौसममा यस्तो बदली देखिएको महाशाखाले जानकारी दिएको छ।
दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका केही तथा बाँकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा चट्यांगसहित क्षणिक वर्षाको सम्भावना रहेको छ।
राति देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।
यस्तै तराईका भू-भागहरूमा अधिकतम र न्यूनतम तापक्रम केही दिन नघट्ने महाशाखाले जनाएको छ। जसका कारण सो भू-भागहरूमा तातो हावा चलिरहेकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
प्रकाशित: २४ जेठ २०८० ६:२७ | Wednesday, June 7, 2023
प्रतिक्रिया




