उपेन्द्र सुब्बा निर्देशित फिल्म ‘जारी’ले मनायो प्रदर्शनको ५१औँ दिन

हिमाल प्रेस २१ जेठ २०८० १६:५१ | Sunday, June 4, 2023
उपेन्द्र सुब्बा निर्देशित फिल्म ‘जारी’ले मनायो प्रदर्शनको ५१औँ दिन

काठमाडौँ- उपेन्द्र सुब्बाको लेखन तथा निर्देशन रहेको फिल्म ‘जारी’ले प्रदर्शनको ५१ दिन पार गरेको छ। निर्माण टिमले शनिबार उपत्यकाको १८ हल र उपत्यकाबाहिरको ११ हलमा गरी २९ हलमा ५१औँ दिन मनाएको हो।

साे अवसरमा निर्देशक सुब्बाले सामाजिक सञ्जालमार्फत फिल्मका वितरकलगायत ‘जारी’ फिल्मसँग सम्बन्धित प्राविधिक र कलाकारलाई धन्यवाद दिएका छन्।

फिल्म नयाँ वर्षको अवसरमा गत वैशाख १ गते प्रदर्शनमा आएको थियो। फिल्मले हालसम्म १७ करोड ४३ लाख रुपैयाँ कमाएको निर्माण टिमको भनाइ छ।

लिम्बू समुदायमा रहेको जारी कथामा आधारित फिल्ममा दयाहाङ राई, मिरुना मगर, रोयदीप श्रेष्ठ, विजय बराल, कमलमणि नेपाल, रेखा लिम्बू, प्रेम सुब्बालगायतको अभिनय छ। शैलेन्द्र डी कार्कीको छायांकन रहेको फिल्म निमेष श्रेष्ठले सम्पादन गरेका छन्।

प्रकाशित: २१ जेठ २०८० १६:५१ | Sunday, June 4, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast