पाँच तारे होटल, आयातित मदिरा र बहुमूल्य धातुमा विलासिता कर

हिमाल प्रेस १६ जेठ २०८० १२:३८ | Tuesday, May 30, 2023
पाँच तारे होटल, आयातित मदिरा र बहुमूल्य धातुमा विलासिता कर

काठमाडौँ- सरकारले पाँच तारे होटल, आयातित मदिरा र बहुमूल्य धातुको बिक्री वितरणमा २ प्रतिशत विलासिता कर लगाएको छ।

सरकारले आर्थिक विधेयक २०८० मार्फत विलासिताका वस्तु तथा सेवाको खरिदमा २ प्रतिशतका दरले कर लगाउने निर्णय गरेको हो।

यो कर पाँच तारे र सोभन्दा माथिका तारे होटल तथा लक्जरी रिसोर्टले प्रदान गर्ने सेवामा लाग्नेछ। त्यसका साथै आयातित मदिरा, १० लाख रुपैयाँभन्दा बढीका हिरा, मोती, पत्थर जडित सुनलगायत बहुमूल्य धातुका गहनामा पनि विलासिता कर लगाइएको छ।

पाँच तारे र सोभन्दा माथिका होटल तथा लक्जरी रिसोर्टले सेवा प्रदान गरेको समयमै विलासिता कर लगाउनेछन्। आयातित मदिरामा भन्सार बिन्दुमा विलासिता कर लाग्नेछ। गहनामा भने बिक्रेताले बिक्रीको समयमा उक्त कर जोड्नेछन्।

विलासिता करबापत संकलन गरिएको रकम हरेक महिनाको २५ गतेभित्र राजस्व खातामा जम्मा गर्नुपर्ने विधेयकमा उल्लेख छ।

प्रकाशित: १६ जेठ २०८० १२:३८ | Tuesday, May 30, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast