महोत्तरीमा एक युवकको शव फेला

हिमाल प्रेस ६ जेठ २०८० २०:२२ | Saturday, May 20, 2023
महोत्तरीमा एक युवकको शव फेला प्रतिनिधिमूलक तस्बिर

महोत्तरी– महोत्तरीस्थित भारतीय सीमावर्ती सम्सी- ६ को पोखरीमा एक युवकको शव फेला परेको छ। प्रहरीका अनुसार सोही बस्तीका रामदयाल महतोका २२ वर्षीय छोरा देवेन्द्र महतोको शव पोखरीमा फेला परेको हो।

पोखरी डिलमा चिप्लिएर महतोको मृत्यु भएको प्रारम्भिक अनुमान गरिए पनि शव परीक्षण प्रतिवेदन प्राप्त भएपछि मृत्युको कारण यकिन हुने जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक प्रकाश मल्लले जानकारी दिए। शव परीक्षणका लागि जिल्ला सदरमुकाम जलेश्वरस्थित प्रादेशिक अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

प्रकाशित: ६ जेठ २०८० २०:२२ | Saturday, May 20, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast