मुलुकको आवश्यकताअनुसारकै नीति तथा कार्यक्रम आएको छ : अर्थमन्त्री महत

हिमाल प्रेस ५ जेठ २०८० १९:२४ | Friday, May 19, 2023
मुलुकको आवश्यकताअनुसारकै नीति तथा कार्यक्रम आएको छ : अर्थमन्त्री महत फाइल तस्बिर

काठमाडौँ- अर्थमन्त्री डा. प्रकाशशरण महतले मुलुकको आवश्यकतालाई सम्बोधन हुने गरी सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याएको दाबी गरेका छन्। सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भएलगत्तै उनले संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीमाझ सो प्रतिक्रिया दिएका हुन्। कांग्रेस प्रवक्तासमेत रहेका उनले सो नीति तथा कार्यक्रमलाई कार्यान्वयनमा लैजानका लागि दिनरात नभनेर सरकारले काम गर्ने प्रतिवद्धता पनि व्यक्त गरे।

कार्यान्वयनका लागि आवश्यक क्षमता बढाउने र इमान्दारिताका साथ त्यसलाई कार्यान्वयनमा लैजान सरकार लागिपर्ने उनको भनाइ थियो। ‘नयाँ भनेर कुनै आविष्कार गर्ने कुरा होइन । मूल कुरा जे आवश्यकता छ देशका लागि, ती कुराहरु सरकारको नीति तथा कार्यक्रममा आएका छन्। कार्यान्वयन गर्ने हाम्रो क्षमता बढाउनु पर्‍यो। इमान्दार हुनुपर्‍यो,’ उनले भने।

अहिलेका नीति तथा कार्यक्रमलाई महत्व दिएर काम गरियो भने परिणाम आउने दाबी गरे।

प्रकाशित: ५ जेठ २०८० १९:२४ | Friday, May 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast