चितवनको खोरसोरमा ३६ वर्षमा जन्मिए ४१ हात्ती

हिमाल प्रेस ५ जेठ २०८० ९:३२ | Friday, May 19, 2023
चितवनको खोरसोरमा ३६ वर्षमा जन्मिए ४१ हात्ती तस्बिर सौजन्य : विनोद श्रेष्ठ।

चितवन- चितवन राष्ट्रिय निकुञ्जमा रहेको हात्ती प्रजनन केन्द्र खोरसोरमा ४१ वटा हात्ती जन्मिएका छन्। २०४४ सालमा प्रजनन केन्द्र स्थापना भएयता ती हात्ती जन्मिएका हुन्।

२००६ देखिका हात्तीहरू अहिले खोरसोरमा रहेका छन्। खोरसोरमा रहेका ५५ वटा हात्तीमध्ये पाँचवटा विदेशबाट ल्याइएका हुन् भने अन्य नेपालमा नै जन्मिएका हात्ती हुन्।

राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार भारतबाट ल्याइएका चार र थाइल्याण्डबाट ल्याइएको एउटा हात्ती अहिले खोरसोरमा छन्। नेपालको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट दुई, सर्लाहीबाट चार र कोशीटपुबाट तीन हात्ती ल्याइएको उनले बताए।

निकुञ्जमा २०४४ मा हात्ती प्रजनन केन्द्र खोरसोर स्थापना भएको हो। त्यसअघि देखिका हात्ती अहिले खोरसोरमा रहेको उनले बताए।

निकुञ्जको खोरसोरमा रहेका हात्तीमध्ये अहिले चार वटा वृद्धावस्थाका छन् भने अन्य एक वर्षदेखि माथिका छन्। तत्कालीन समयमा राजपरिवार सिकार खेल्न आउँदा प्रयोग गरिएका हात्ती निकुञ्जमा रहेको उनले बताए।

यहाँ रहेका हात्तीमध्ये ३२ भाले र २३ पोथी हुन्। निकुञ्ज सुरक्षार्थ हात्तीको प्रयोग गर्ने गरिन्छ। जिप जान नसक्ने ठाउँमा  हात्तीमा चढेर गस्ती गर्ने गरिन्छ।

ढोईको गर्भाधानमा जंगली हात्ती

सुत्केरी गराउन हात्तीको पनि शल्यक्रिया!

 

प्रकाशित: ५ जेठ २०८० ९:३२ | Friday, May 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast