चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो, राजस्व संकलन कति?

हिमाल प्रेस ३ साउन २०८३ १५:१४ | Sunday, July 19, 2026
10
SHARES
चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो, राजस्व संकलन कति?

चितवन- अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती सामुदायिक वनमा पर्यटक आगमन बढेको पाइएको छ।

गत आर्थिक वर्षमा दुई लाख ७२ हजार ९२३ पर्यटक उक्त क्षेत्रमा आएकामा अघिल्लो आवमा दुई लाख ३१ हजार ३२९ पर्यटकले भ्रमण गरेका निकुञ्जका सूचना अधिकारी अविनास थापामगरले बताए।

सार्क मुलुकका २२ हजार ८८३ तथा अन्य मुलुकका ८८ हजार ६६५ पर्यटकले निकुञ्जको भ्रमण गरेका हुन्। एकसिंगे गैँडा, पाटेबाघ, भालु, हात्ती तथा विभिन्न प्रजातिका चराचुरुंगी अवलोकनका लागि पर्यटक निकुञ्ज पुग्ने गरेका छन्।

गत आर्थिक वर्षमा निकुञ्जले पर्यापर्यटनबाट रु २७ करोड ६३ लाख ३९ हजार ९५० राजस्व संकलन गरेको जनाएको छ।

काठदाउरा, गैरकाष्ठ वन पैदावार बिक्री, जरिवानालगायत शीर्षकमा रु ३१ करोड एक लाख ६४ हजार ५५१ राजस्व संकलन भएको छ।

प्रकाशित: ३ साउन २०८३ १५:१४ | Sunday, July 19, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast