चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले भन्यो : अतिक्रमित वन क्षेत्र १५ दिनभित्र खाली गर्नू

हिमाल प्रेस १६ वैशाख २०८३ ६:५१ | Wednesday, April 29, 2026
6
SHARES
चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले भन्यो : अतिक्रमित वन क्षेत्र १५ दिनभित्र खाली गर्नू

चितवन- चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले निकुञ्जभित्र तथा मध्यवर्ती क्षेत्रका विभिन्न स्थानमा अतिक्रमण गरी बनाइएका संरचना हटाउन १५ दिने सार्वजनिक सूचना जारी गरेको छ ।

कार्यालयले आइतबार सूचना जारी गर्दै निकुञ्जको मध्यवर्ती वन क्षेत्र, सामुदायिक वन, कबुलियती वन, मध्यवर्ती क्षेत्रभित्र पर्ने सडक, खोला तथा नदी किनारका वन क्षेत्रमा अनाधिकृत रूपमा प्रवेश गरी बनाइएका टहरा, घर, गोठ, घेराबार, पर्खाललगायत संरचना हटाउन निर्देशन दिएको हो ।

सूचनामा भनिएको छ कि वन क्षेत्र अतिक्रमण गरी बसोबास तथा खेतीपाती गर्दै आएका व्यक्तिहरूले तोकिएको समयभित्र आफैं संरचना हटाई क्षेत्र खाली गर्नुपर्नेछ। अन्यथा कानुनी कारबाही गरिने चेतावनी पनि दिइएको छ ।

निकुञ्ज कार्यालयका अनुसार, तोकिएको १५ दिनभित्र अतिक्रमित क्षेत्र खाली नगरेमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अनुसार कारबाही प्रक्रिया अघि बढाइनेछ । ऐनअनुसार अतिक्रमण गर्ने व्यक्तिलाई जरिवाना, कैद वा दुवै सजाय हुन सक्ने व्यवस्था छ ।

कार्यालयले वन क्षेत्रको संरक्षण, जैविक विविधताको रक्षा तथा वन्यजन्तुको बासस्थान सुरक्षित राख्न अतिक्रमण हटाउन आवश्यक भएको जनाएको छ। साथै, स्थानीय बासिन्दालाई नियमको पालना गरी सहयोग गर्न पनि आग्रह गरिएको छ ।

प्रकाशित: १६ वैशाख २०८३ ६:५१ | Wednesday, April 29, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast