कहाँ छ ध्रुर्बे?

हिमाल प्रेस ४ साउन २०८३ १७:२२ | Monday, July 20, 2026
12
SHARES
कहाँ छ ध्रुर्बे?

चितवन- दाह्रा काटेपछि ध्रुर्बे निकुञ्जभित्रै बस्न थालेको छ। ध्रुर्बे जंगली हात्ती हो। यो चितवन राष्ट्रिय निकुञ्जभित्र बस्दै आएको छ।

हात्तीले गत असार २० गते एकै परिवारका दुई जनाको ज्यान लिएको थियो। असार ३१ गते राति ध्रुर्बेलाई सुखीभार पोष्ट नजिक डार्ट गरेर दुई वटा दाह्रा काटिएको हो।

ध्रुर्बेको गलामा आधुनिक रेडियो कलर जडान गरिएको छ। जडान गरिएको रेडियो कलरबाट प्रत्येक १० मिनेटमा सूचना संकलन भइरहेको छ।

दुई दिनअघि चितवन राष्ट्रिय निकुञ्जबाट सीतामाई नजिक जान लागेको भए पनि पुनः फर्किएर चुरेको फेदितर्फ पुगेको निकुञ्जका सूचना अधिकारी अविनास थापामगरले जानकारी दिए।

बस्ती पसेको सूचना आएमा तुरुन्तै मध्यवर्ती उपभोक्ता समिति, सामुदायिक वन, वडा कार्यालय, स्थानीय टोल लगायतलाई सूचना दिने र सँगै निकुञ्ज सुरक्षा निकायको गस्ती स्थलगत पुगेर निकुञ्जतर्फ धपाउने गरी तयारी गरिएको छ।

निकुञ्जभित्र ४५ देखि ५० वटा हात्ती छन्।

प्रकाशित: ४ साउन २०८३ १७:२२ | Monday, July 20, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast