काठमाडौँ- सर्वोच्च अदालतले टीकापुर घटनामा दोषी रेशम चौधरीलाई जन्मकैदको फैसला यथावत राखेपछि नागरिक उन्मुक्ति पार्टीले बिरोध प्रदर्शन गरेको छ।
सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि जनाउँदै पार्टीका केही नेता–कार्यकर्ताहरूले बिरोध गरेका हुन्। उनीहरूले मंगलबार साँझ माईतीघर मण्डलामा भेला भइ सर्वोच्चको फैसलाप्रति बिरोध जनाएका हुन्।
प्रदर्शनका क्रममा नागरिक उन्मुक्तिकी केन्द्रिय सदस्य एलिजा गौतमसहितका कार्यकर्ता माईतीघर पुगेका थिए। उनीहरूले सर्वोच्चको फैसला अन्यायपूर्ण भएको र तत्काल रेशम चौधरीलाई रिहाइ गर्न माग गरेका छन्।
सर्वोच्चले गर्यो जिल्ला र उच्च अदालतको फैसला सदर, रेशम चौधरी जेलमुक्त नहुने
प्रकाशित: २ जेठ २०८० २१:४८ | Tuesday, May 16, 2023
प्रतिक्रिया





