धदिङमा पुल भासिएपछि समस्यामा यात्रु, गोंगबु बसपार्कमा टिकट फिर्ता गर्नेको भीड

हिमाल प्रेस १८ वैशाख २०८० २२:०४
10
SHARES
धदिङमा पुल भासिएपछि समस्यामा यात्रु, गोंगबु बसपार्कमा टिकट फिर्ता गर्नेको भीड गोंगबुस्थित नयाँ बसपार्कको टिकट काउन्टर। तस्बिर स्रोत : सुमन पन्थको फेसबुक

काठमाडौँ- पृथ्वीराजमार्गअन्तर्गत गणेश खोलामाथिको पुल भासिएपछि यात्रु अलपत्र परेका छन्। धादिङको धुनिबेँसी नगरपालिका र थाक्रे गाउँपालिका जोड्ने पुल सोमबार दिउँसो भासिएपछि आवजावतका क्रममा रहेका यात्रु अलपत्र परेका छन्।

साथै सो सडक भएर सोमबार साँझ आवतजावत गर्न टिकट काटिसकेका यात्रु पनि समस्यामा परेका छन्। गोगंबुस्थित नयाँ बसपार्कमा टिकट फिर्ता गर्नेको भीड लागेको छ।

राष्ट्रिय यातायात व्यवसायी महासंघका निवर्तमान अध्यक्ष योगेन्द्र कर्मचार्यले पुल भासिँदा सवारी चलाउन समस्या भएको बताए। उनका अनुसार सो सडक भएर अवातजावत गर्ने यात्रुले गोगंबुस्थित नयाँ बसपार्कबाट काटेका टिकट फिर्ता गर्न माग गरिरहेका छन्।

यद्यपि टिकट फिर्ता गर्ने विषयमा सम्बन्धित यातायात समितिहरूले नै निर्णय गर्ने उनको भनाइ छ। ‘टिकट फिर्ता गर्नेबारे सुनियो,’ उनले हिमाल प्रेससँग भने, ‘सो सम्बन्धमा सम्बन्धित यातायात समितिहरूले निर्णय गर्ने हुन्।’

ट्राफिक प्रहरीका अनुसार गणेश खोलामाथिको पुलको पिल्लरमा क्षति भएको छ। साथै सडकमा भ्वाङ परेको छ। सवारी आवातजावत ठप्प हुँदा पृथ्वीराजमार्गमा सवारी साधनको लामो लाम लागेको छ।

सडक सञ्चालनमा ल्याउने प्रयास भइरहेको ट्राफिक प्रहरीको भनाइ छ।

प्रकाशित: १८ वैशाख २०८० २२:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast