प्रदेश सरकारको नेतृत्व आलोपालोमा हुनुपर्ने माधव नेपालको अडान

हिमाल प्रेस १५ वैशाख २०८० १३:२६ | Friday, April 28, 2023
प्रदेश सरकारको नेतृत्व आलोपालोमा हुनुपर्ने माधव नेपालको अडान

काठमाडौँ- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रदेश सरकारहरूको नेतृत्वमा आलोपालो हुने अडान राखेका छन्। शुक्रबार धनुषामा पत्रकारहरूसँग बोल्दै अध्यक्ष नेपालले प्रदेश सरकारहरुको नेतृत्वमा दलका बीचमा आलोपालो हुने बताए।

उनले प्रदेश सरकारहरू धमाधम परिवर्तन हुन थालेका भन्दै एकीकृत समाजवादी पनि प्रदेश सरकारमा सामेल हुने बताए। उनले जनमत नै मिलेर सरकार बनाउने रहेको उल्लेख गर्दै पार्टीको संख्यात्मक कुरालाई ध्यानमा राखी गठबन्धनका दलहरुका बीचमा बाँडफाँट हुने बताए।

कुनै एक दलको बहुमत नरहेकाले सरकार निर्माणमा अन्य पार्टीको भावनालाई पनि ध्यान दिनुपर्ने बताए।

प्रकाशित: १५ वैशाख २०८० १३:२६ | Friday, April 28, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast