काठमाडौँ- आमाको मुख हेर्ने दिनका अवसरमा काठमाडौँको चन्द्रागिरि नगरपालिकाले बिहीबार सार्वजनिक बिदा दिएको छ। नगरपालिकास्थित मातातीर्थमा मेला लाग्ने भएकाले सार्वजनिक बिदा दिइएको हो।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवनप्रसाद आचार्यले नगर कार्यपालिकाको बैठकको निर्णयअनुसार मातातीर्थ औँसीमा बिदा दिने निर्णय गरेको जानकारी दिए।
आमा नहुनेहरूले यो औँसीमा यहाँ पुगेर तर्पण, श्राद्ध र सिदादान गर्ने गर्छन्।
प्रकाशित: ७ वैशाख २०८० ६:४४ | Thursday, April 20, 2023
प्रतिक्रिया




