एउटै समुदायले देश चलाउन खोजे दुर्घटनाको खतरा हुन्छ : अमरेश सिंह

हिमाल प्रेस ६ वैशाख २०८० १५:३३ | Wednesday, April 19, 2023
एउटै समुदायले देश चलाउन खोजे दुर्घटनाको खतरा हुन्छ : अमरेश सिंह अमरेशकुमार सिंह

काठमाडौँ- प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंहले एउटा मात्रै समुदायले देश चलाउन खोजे देश दुर्घटनातर्फ जाने खतरा रहेको बताएका छन्।

बुधबारको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले देश दुर्घटनामा जानुमा चार/पाँच जना पूर्वप्रधानमन्त्री र प्रधानमन्त्री जिम्मेवार भएको बताएका हुन्।

उनले देशलाई भागबन्डाका कारण विगत ३० वर्षमा अगाडि बढाउनुको सट्टा पछाडि धकेलिएको बताए। उनले हालसम्मका सत्ताले जानीजानी नागरिकता विधेयक पारित नगरेको पनि बताए।

‘सदनमा सभामुखमार्फत रुलिङ होस्, नागरिकता विधेयक पास हुनुपर्छ,’ उनले भने, ‘म राज्य व्यवस्था समितिको सदस्य थिएँ पछिल्लो कार्यकालमा। त्यहाँ जानीजानी तत्कालीन सत्ताले नागरिकता विधेयक पास गर्न दिएन।’

उनले नागरिकताको सवाल कुनै पूर्वप्रधानमन्त्री र प्रधानमन्त्रीको छोराछोरीको भएको भए अहिलेसम्म नागरिकता विधेयक पास भइसक्ने टिप्पणी गरे। ‘नागरिकता समस्या उसको छ जो सत्तामा छैन। त्यसकारणले एउटै समुदायले देश चलाउन खोज्नुहुन्छ देश दुर्घटनातिर जाँदैछ, म बारम्बार भन्छु। मेरो भनाइ गलत होस् । तर देशको दुर्घटना बचाउनुहुन्छ ?,’ उनले भने।

प्रकाशित: ६ वैशाख २०८० १५:३३ | Wednesday, April 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast