मलेसियामाथि नेपालको सहज जित

हिमाल प्रेस ५ वैशाख २०८० १५:५६
2
SHARE
मलेसियामाथि नेपालको सहज जित

काठमाडौँ- एसीसी प्रिमियर कपको उद्घाटन खेलमा नेपालले मलेसियालाई ६ विकेटले हराएको छ। २३६ रनको लक्ष्य पाएको नेपालले ४ विकेट गुमाएर ३६.२ ओभरमा २३७ रन बनाएर खेल जितेको हो।

नेपालका लागि भीम सार्कीले अर्धशतकीय इनिङ्स खेल्दै ९८ बलमा ७१ रन बनाए। कुशल मल्लले विस्फोटक ब्याटिङ गर्दै नेपालका लागि अर्धशतकीय इनिङ्स खेले। उनले ५ छक्का र ५ चौकाको मद्दतमा ४० बलमा नटआउट ७० रन बनाए।

नेपालका कप्तान रोहित पौडेल ४३ बलमा ४२ रन बनाए। नेपालका ओपनर ब्याटर कुशल भुर्तेलले ३१ बलमा ३८ रन बनाए।

यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर २३५ रन बनाएको थियो। मलेसियताका लागि कप्तान अहमद फैज र ओपनर विरनदीप सिंहले ११६ रनको साझेदारी गरेपछि मलेसियाले उक्त स्कोर दिन सकेको थियो।

फैजले ९५ बलमा एक छक्का र आठ चौका हिर्काउँदै कुल ७६ रन बनाए। सिंहले ४६ रन बनाए। नेपालका लागि सन्दीप लामिछानेसँगै सोमपाल कामीले तीन–तीन विकेट लिए। अन्तिम ओभरमा दुई विकेट हात पारेका सन्दीपले कुल ४८ रन खर्च गरे। नौ ओभर बलिङ गरेका सोमपालले भने ४० रन खर्चिए। त्यसैगरी ललित राजवंशीले दुई विकेट लिँदा गुल्शन झाले एक विकेट लिए।

प्रकाशित: ५ वैशाख २०८० १५:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 1 =