चीनका पूर्वराष्ट्रपति चियाङ चेमिनको निधन

हिमाल प्रेस १४ मंसिर २०७९ १५:०८
14
SHARES
चीनका पूर्वराष्ट्रपति चियाङ चेमिनको निधन

बेइजिङ- चीनका पूर्वराष्ट्रपति चियाङ चेमिनको निधन भएको छ। स्वास्थ्य समस्याका कारण सांघाईमा आज (बुधबार) मध्याह्न उनको ९६ वर्षको उमेरमा निधन भएको चिनियाँ सञ्चारमाध्यम सिन्ह्वाले जनाएको छ।

चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को केन्द्रीय समितिले उनको निधनको घोषणा गरेको छ। पूर्वराष्ट्रपति चियाङले सन् १९८९ देखि २००२ सम्म सीपीसीको महासचिव, सोही वर्षदेखि सन् २००४ सम्म केन्द्रीय सैन्य आयोगको अध्यक्ष तथा सन् १९९३ देखि २००३ सम्म राष्ट्रपतिका रूपमा चीनको नेतृत्व गरेका थिए।

उमेर र शारीरिक अस्वस्थताका कारण नेता चियाङ बितेका तीन वर्षयता सार्वजनिकस्थलमा देखिएका थिएनन्। तीन वर्षअघि उनी तत्कालीन प्रधानमन्त्री ली फङको अन्त्येष्टिमा सहभागी भएका थिए।

प्रकाशित: १४ मंसिर २०७९ १५:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 9 =