नयाँ वर्ष आशा, अपेक्षा र उमंगको उत्सव बनोस् : माधव नेपाल

हिमाल प्रेस १ वैशाख २०८० ७:४१ | Friday, April 14, 2023
नयाँ वर्ष आशा, अपेक्षा र उमंगको उत्सव बनोस् : माधव नेपाल

काठमाडौँ- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नयाँ वर्ष २०८० आशा, अपेक्षा र उमंगको उत्सव बनोस् भनी शुभकामना दिएका छन्।

नयाँ वर्ष २०८० को अवसरमा शुभकामना सन्देश जारी गर्दै अध्यक्ष नेपालले दिगो शान्ति, अग्रगमन, राष्ट्रिय एकता र सामाजिक सद्भावसहितको रोजगारी र आर्थिक समृद्धिका लागि नयाँ वर्ष २०८० उपलब्धिमूलक हुने विश्वास व्यक्त गरेका छन्।

मुलुकको राष्ट्रियता र जनहितको विषयमा सबै दलको साझा दृष्टिकोण हुनुपर्नेमा उनले जोड दिए। ‘राष्ट्र निर्माण तथा राष्ट्रिय महत्वका विषयमा सबै दलका बीचमा समन्वय र एउटै दृष्टिकोण हुनुपर्छ’, अध्यक्ष नेपालको शुभकामना सन्देशमा उल्लेख छ।

सामाजिक न्याय, समानता, समावेशी र सहभागितामूलक प्रतिनिधित्वका लागि अद्यावधिक निर्वाचनसहितको लोकतन्त्रको महत्व उल्लेख गर्दै सन्देशमा उनले जनताको लामो संघर्षबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गरी सामाजिक तथा आर्थिक रुपान्तरणका माध्यमबाट जनताको हितमा काम गर्नुपर्ने बताए।

आफ्नो पार्टीले कम्युनिस्ट आन्दोलनमा मूलधारको नेतृत्व गर्दै जनताको समृद्धिको चाहनालाई पूरा गर्न पार्टी क्रियाशील रहेको अध्यक्ष नेपालले शुभकामना सन्देशमा उल्लेख गरेका छन्।

प्रकाशित: १ वैशाख २०८० ७:४१ | Friday, April 14, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast