काठमाडौँ- अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रको समस्या सामाधान गर्न बैंकहरूको ब्याजदर घटाउने बारे नेपाल राष्ट्र बैंकसँग छलफल भइरहेको बताएका छन्।
शुक्रबार आर्थिक पत्रकार संघ (नाफिज)सँगको छलफलमा उनले ब्याजदर घटाउने सम्बन्धमा राष्ट्र बैंकसँग छलफल भइरहेको बताएका हुन्। अर्थमन्त्री महतले आन्तरिक रूपमा लगानीको वातावरणमा समस्या, बैंकको ब्याजदर उच्चलगायत कारणले अर्थतन्त्रमा समस्या देखिएको स्वीकार गरे। ‘मौद्रिक नीतिका उपकरणहरू प्रयोग गरी बैंक तथा वित्तीय क्षेत्रका समस्या सामाधान गरी लगानीको वातावरण बनाउने पक्षमा राष्ट्र बैंकसँग निरन्तर छलफल भइरहेको छ,’ अर्थमन्त्री महतले भने।
बैंकको कर्जाको ब्याजदर कम गर्नसक्ने अवस्था भए बैंकहरूले सहयोग गर्नुपर्ने उनको भनाइ थियो।
प्रकाशित: २४ चैत २०७९ १७:३२
प्रतिक्रिया