बाढी निरीक्षणका लागि शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोटतिर

हिमाल प्रेस ११ भदौ २०८३ १३:०० | Thursday, August 27, 2026
बाढी निरीक्षणका लागि शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोटतिर

काठमाडौँ- भोटेकोशीमा आएको बाढीले पुर्‍याएको क्षतिको स्थलगत निरीक्षणका लागि नेकपा एमालेका महासचिव शंकर पोखरेल नेतृत्वको टोली नुवाकोटतर्फ प्रस्थान गरेको छ ।

च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयबाट निस्किएको टोलीमा पूर्वउपमहासचिव विष्णु रिमाल, सचिव राजन भट्टराई, स्वास्थ्य विभाग प्रमुख कृष्णगोपाल श्रेष्ठ र प्रचार विभाग प्रमुख नीरज आचार्य र केन्द्रीय सदस्य पार्वत गुरुङ सहभागी छन् ।

त्यसैगरी, जिफन्टका अध्यक्ष विनोद श्रेष्ठ, भूतपूर्व सैनिकरप्रहरी सङ्गठनका अध्यक्ष सहायक रथि विनोद पाण्डे ९अप्र०, मोर्चा सङ्गठन प्रमुख विशाल भट्टराई तथा युवा तथा खेलकुद विभाग प्रमुख अमित लामासमेत निरीक्षण टोलीमा छन् ।

प्रचार विभाग प्रमुख आचार्यका अनुसार टोलीले बाढी प्रभावित क्षेत्रको निरीक्षण, स्थानीय बासिन्दासँग अन्तरक्रिया गर्ने, स्थानीय तहहरुसँग उद्धार तथा राहत वितरणको बारेमा जानकारी लिनेछ । यसैगरी स्थानीय प्रशासनसँग पनि पोखरेल नेतृत्वको टोलीले, उद्धार,राहत तथा पुनर्स्थापनाका बारेमा छलफल गर्ने आचार्यले जानकारी दिए । उनका अनुसार राहत र उद्धारमा खट्न पार्टी कार्यकर्तालाई परिचालन समेत गरिनेछ ।

 

प्रकाशित: ११ भदौ २०८३ १३:०० | Thursday, August 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast