बेइजिङमा अत्यधिक बढ्यो जाडो, शीतलहरबाट बच्‍न आग्रह

हिमाल प्रेस १२ मंसिर २०७९ २१:३२ | Monday, November 28, 2022
बेइजिङमा अत्यधिक बढ्यो जाडो, शीतलहरबाट बच्‍न आग्रह

काठमाडौँ– चीनको राजधानी बेइजिङमा सोमबार साँझदेखि बुधबारसम्म चिसो अत्यधिक बढ्ने महानगरीय मौसम महाशाखाले जानकारी गराएको छ।

उक्त अवधिमा शीतलहर चल्ने र तापक्रम १६ डिग्री सेल्सियससम्म घट्ने विभागले जनाएको छ।

आइतबारदेखि शीतलहर (चिसो सिरेठो) चल्ने भन्दै आवश्यक सावधानी अपनाउन नागरिकहरूलाई सचेत गराइएको छ।

आगामी शीतलहरका कारण दैनिक अधिकतम तापक्रम १३ डिग्री सेल्सियसबाट माइनस तीन डिग्री सेल्सियसमा झर्ने र आगामी तीन दिनसम्म चिसो सिरेठो चल्ले महाशाखाले जनाएको छ।

शीतलहरका लागि कृषि, वन, तातोपानी, यातायातलगायत सरकारी निकायले आवश्यक तयारी गरेपनि त्यहाँका बासिन्दालाई अतिआवस्यक काममा बाहेक अन्य प्रयोजनका लागि बाहिर ननिस्कन, घरभित्रै बस्न र न्यानो रहन पनि सुझाव दिइएको छ।

प्रकाशित: १२ मंसिर २०७९ २१:३२ | Monday, November 28, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast