उपनिर्वाचन : बारा-२ को उम्मेदवारबारे कांग्रेसले आइतबारमात्रै निर्णय लिने

हिमाल प्रेस १६ चैत २०७९ १३:०० | Thursday, March 30, 2023
उपनिर्वाचन : बारा-२ को उम्मेदवारबारे कांग्रेसले आइतबारमात्रै निर्णय लिने

काठमाडौँ- नेपाली कांग्रेसले बारा-२ को उपनिर्वाचनबारे चैत १९ (आइतबार)मात्रै निर्णय गर्ने भएको छ। बारा २ बाट निर्वाचित सांसद रामसहायप्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएसँगै त्यहाँ उपनिर्वाचन हुँदैछ।

यहाँ सत्ता गठबन्धनबाट जसपाका उपेन्द्र यादव साझा उम्मेदवार बनाउने तयारी छ। तर गठबन्धनमै रहेको अर्को दल जनमत पार्टीले भने आफ्नो उम्मेदवार तय गरिसकेको जनाएको छ। जनमतले उपेन्द्र यादवलाई समर्थन गर्न नसकिने भनिसकेको छ।

आज बसेको कार्यसम्पादन समितिको बैठकले चितवन-२ र तनहुँ-१ को उम्मेदवारबारे भने निर्णय गरेको छ। चितवन-१ मा पूर्वजिल्ला सभापति जितनारायण श्रेष्ठ उम्मेदवार बन्नेछन् भने तनहुँ-१ मा गोविन्द भट्टराई चुनाव लड्नेछन्।

प्रकाशित: १६ चैत २०७९ १३:०० | Thursday, March 30, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast