बल्खु खोलामा नवजात शिशुको शव फेला

हिमाल प्रेस १३ चैत २०७९ ७:१४ | Monday, March 27, 2023
बल्खु खोलामा नवजात शिशुको शव फेला प्रतिनिधिमूलक तस्बिर।

काठमाडौँ- काठमाडौँको कलंकीस्थित मालपोत कार्यालयअगाडि बल्खु खोलामा आज भर्खरै जन्मिएको शिशुको शव भेटिएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँका सहायक प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक निरञ्जन भट्टले बल्खु खोलामा नवजात शिशु (बालिका)को शव फेला परेको र उक्त विषयमा अनुसन्धान भइरहेको जानकारी दिए।

उनका अनुसार स्थानीयले खोलामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शव कसले र किन फालेको भन्नेबारे नखुलेको प्रहरीले जनाएको छ ।

 

प्रकाशित: १३ चैत २०७९ ७:१४ | Monday, March 27, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast