पाथीभराबाट फर्किदा महिलाको मृत्यु

हिमाल प्रेस ८ चैत २०७९ ७:४५ | Wednesday, March 22, 2023
पाथीभराबाट फर्किदा महिलाको मृत्यु प्रतीकात्मक तस्बिर।

ताप्लेजुङ- पाथीभरा दर्शन गरेर फर्कने क्रममा मंगलबार माथिल्लो फेदीमा एक महिलाको मृत्यु भएको छ।

विर्तामोड-२ चारपाने झापाकी ४७ वर्षीय शिवमाया गौतमको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

नन्द, भाञ्जा र अरू तीनजना साथीसँगै पाथीभरा दर्शन गर्न गएकी उनी सोमवार बिहान मन्दिर पुगेर बेलुका माथिल्लो फेदी बास बसेकी थिइन्। ३१ सय मिटर उचाइको माथिल्लो फेदीको होटलमा बास बसेकी उनी बिहान शौचालय गएकी थिइन्।

लामो समय नफर्किएपछि नन्दले खोजी गर्दा शौचालयमै लडेको अवस्थामा भेटाएको स्थानिय स्वास्थ्यकर्मी उमानाथ पौडेलले जानकारी दिए।

प्रकाशित: ८ चैत २०७९ ७:४५ | Wednesday, March 22, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast