एनटीसीको ‘सजिलो अनलिमिटेड भ्वाइस एण्ड डाटा पोस्टपेड–६३६’ सार्वजनिक

हिमाल प्रेस ४ चैत २०७९ १५:२८ | Saturday, March 18, 2023
एनटीसीको ‘सजिलो अनलिमिटेड भ्वाइस एण्ड डाटा पोस्टपेड–६३६’ सार्वजनिक

काठमाडौँ- मोबाइल सेवा प्रदायक नेपाल टेलिकम (एनटीसी)ले ‘सजिलो अनलिमिटेड भ्याइस एण्ड डाटा पोस्टपेड–६३६’ प्याकेज सार्वजनिक गरेको छ। कम्पनीले शुक्रबारदेखि लागू हुनेगरी उक्त प्याकेज सार्वजनिक गरेको हो।

टेलिकमको पोस्टपेड मोबाइल प्रयोगकर्ताले उक्त प्याकेजमार्फत सेवा लिनसक्ने कम्पनीले जानकारी दिएको छ। उक्त प्याकेज लिन ६३६ रुपैयाँ खर्च गर्नुपर्ने कम्पनीको भनाइ छ। प्याकेज लिएपछि ३० दिनसम्म कम्पनीकै नेटवर्कभित्र अनलिमिटेड कल र अन्य नेटवर्कमा १०० मिनेट कल गर्न सकिने कम्पनीले बताएको छ।

यस अफरमा अननेट १५० एसएमएस पठाउन सकिने सुविधा पनि रहेको छ। त्यसैगरी प्रत्येक दिन ३०० एमबी डाटा प्रयोग गर्न सकिने र सो डाटा सकिएमा प्रत्येक दिन ६४ केबीपीएस गतिको इन्टरनेट प्रयोग गर्न सकिने सुविधा पनि रहेको कम्पनीले बताएको छ।

प्रकाशित: ४ चैत २०७९ १५:२८ | Saturday, March 18, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast