फाइल तस्बिर
काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एक महिना जनतासँग भेटघाट अभियान चलाउने भएका छन्।
बिहीबार काठमाडौँमा एमालेनिकट अनेरास्ववियुले आयोजना गरेको ‘कानुनका विद्यार्थीसँग केपी ओली’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले एक महिने जनतासँग भेटघाट अभियान चलाउने जानकारी दिएका हुन्।
‘अब वैशाखको मध्येबाट जेठको मध्येसम्म म मध्यपहाडी राजमार्गबाट पूर्वदेखि पश्चिमसम्म पहाडै पहाड जनतासँग भेटघाट गर्दै एउटा अभियान चलाउँदै छु,’ आलीले आफ्नो सम्बोधनका क्रममा भने। अहिले एमालेले देशभर ‘मिसन ग्रासरुट’ कार्यक्रम चलाइरहेको छ।
प्रकाशित: ३ चैत २०७९ ९:३८ | Friday, March 17, 2023
प्रतिक्रिया



